दोहागढी क्षेत्रका 60 परिवार भाजपामा सामेल

खोरीबारी : रानीगञ्ज बिन्नाबारी मण्डलको तर्फबाट दोहागढी 27 नम्बर बुथमा आयोजित गरिएको एउटा कार्यक्रमबीच दोहागढी क्षेत्रका लगभग 60 परिवार अन्य पार्टी छोडेर भारतीय जनता पार्टीमा सामेल भएका छन्। पार्टीमा सामेल हुनेहरूलाई दलीय झण्डा प्रदान गरेर भाजपामा स्वागत जनाइयो। पार्टीको कार्यहरूद्वारा प्रभावित भएर दोहागढी क्षेत्रका 60 परिवारहरू भाजपामा सामेल भएको रानीगञ्ज बिन्नाबारी मण्डल उपाध्यक्ष दिलीप महन्तोले बताए। अर्कोतिर, पार्टीमा सामेल हुने नयाँ सदस्यहरूले भाजपा पार्टीलाई अझ बलियो बनाउनको लागि पार्टीको हितमा कार्य गर्ने बताए। यस अवसरमा केन्द्रीय कमिटीका सदस्य गणेश चन्द्र देवनाथ, रानीगञ्ज बिन्नाबारी मण्डल उपाध्यक्ष दिलीप महन्तो, महासचिव भवेश राय लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *