दोहोरो नागरिकता राखेको आरोपमा एकजना पक्राउ

खोरीबारी : एसएसबी 41औँ बटालियनको पानीट्याङ्की बीओपीका जवानहरू तथा पानीट्याङ्की इमिग्रेशन टोलीले संयुक्त अभियान चलाएर नेपालबाट आएका एकजना व्यक्तिलाई दोहोरो नागरिकता राखेको आरोपमा पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति गोविन्द प्रसाद (34) हुन्। प्राप्त जानकारी अनुसार भारत नेपाल सीमा पानीट्याङ्कीमा एसएसबीका जवान तथा इमीग्रेशन टोलीले नेपालबाट आइरहेका एकजना व्यक्तिको चेकिङ गर्दा नेपाल र भारत दुवै देशको नागरकिता पाएपछि दोहोरो नागरिकता राखेको आरोपमा तिनलाई पक्राउ गरेको बताइएको छ। आवश्यक कार्यवाहीपछि आरोपी व्यक्तिलाई खोरीबारी थानालाई सुम्पिदिएपछि खोरीबारी पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *