दोकानबाट 40 हजार रूपियाँ चोरी

कुचबिहार : तुफानगञ्ज बजारमा एउटा दोकानबाट 40 हजार रूपियाँ चोरी भएको घटना प्रकाशमा आएको छ। उक्त दोकानका मालिक तथा तुफानगञ्ज महकुमा व्यवसायी समितिका अध्यक्षले बताए अनुसार आज बिहान दोकान खोल्न जाँदा दोकानको दुईवटा सीसी क्यामाराको तार काटेको साथै दोकानको क्यास बक्सबाट नगद 40 हजार रुपियाँ चोरी भएको थाहा पाए। यसपछि तिनले चोरीको घटनाबारे तुफानगञ्ज थाना पुलिसलाई खबर दिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *