दोकानेलाई छुरीले हमला गरेको आरोपमा पक्रा परेका 2 जना भुटानी नागरिक अदालतमा पेश

सिलगढी : सिलगढीको सेभोक रोडस्थित एउटा मलमा आइसक्रिम दोकानको एकजना कर्मचारीलाई छुरीले प्रहार गरेको आरोपमा पक्रा परेका 2 जना भुटानी नागरिकलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा भुटानको थिम्पु निवासी महेन्द्र चिमोरिया (38) र कर्मा थिनले (37) सामेल छन्। स्मरण रहोस्, सिलगढीको सेभोक रोडस्थित एउटा मलको आइक्रिम दोकानमा हिजो दुईजना भुटानी नागरिक महेन्द्र चिमोरिया र कर्मा थिनले-ले आइसक्रिम खाएपछि बिललाई लिएर तिनीहरूको दोकानेसित विवाद भयो।


यसपछि तिनीहरूले दोकानका कर्मचारीलाई धारिलो छुरीले हमला गरेको आरोप रहेको छ। उक्त घटनामा दोकानका कर्मचारी घाइते भएपछि तिनलाई अस्पतालमा लगियो। घटनाको खबर पाएर भक्तिनगर थाना पुलिस घटनास्थलमा पुगेर ती दुईजना भुटानी नागरिकलाई हिरासतमा लिएर थानामा लगेर सोधखोज गरेपछि तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *