दोकानमा राखिएका मिठाईहरूमा अब एक्सपायरी डेट लेखिने

सिलगढी : दोकानमा मिठाई किन्न जाँदा प्रायजसो दोकानेहरूले लड्डु, बर्फी र रसमलाई आदि जस्ता मिठाईहरू ताजा रहेको बताए तापनि ग्राहकहरूले सधैँ नै मिठाई ताजा छ छैन भन्नेबारे आशंकाको नजरले हेर्ने गर्दछन्। हेर्दा ताजा देखिए तापनि मिठाई बासी हो भन्ने कुरो थाहा लाग्दैन। यसैले फुड सेफ्टी एन्ड स्ट्यान्डडर्स अथोरिटी अफ् इन्डियाले एउटा नयाँ पहल शुरू गरेको छ। आउँदो 1  अक्टोबरदेखि अब सबै मिठाई दोकानहरूमा ट्रे-मा बिक्री गर्न राखिएका मिठाईहरूको बेस्ट बिफोर डेटअर्थात् एक्सपायर डेट लेखिनु पर्नेछ। यो नयाँ निर्देश देशका प्रत्येक राज्य तथा केन्द्र शासित ठाउँहरूमा फुड सेफ्टी कमिश्नरद्वारा जारी गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *