डम्पिङ ग्राउण्डमा नगरनिगमद्वारा सफाई अभियान

सिलगढ़ी: नतुन उद्योगको माग अनुसार सिलगढ़ी नगरनिगम अन्तर्गत 15 नम्बर वार्डस्थित आशापूर्ण देवीको खाली जमीनमा बनाइको डम्पिङ ग्राउण्डमा नगरनिगमद्वारा सफाई अभियान चलाइयो। स्मरण रहोस विगत 20 वर्षदेखि यो जमीन डम्पिङ ग्राउण्डमा परिणत भएको थियो। यसलाई लिएर स्थानीय मानिसहरूले क्षोभ प्रकट गरिरहेका थिए। स्वयंसेवी संस्था नतुन उद्योगले नगर निगमका मेयर अशोक भट्टाचार्यलाई डम्पिङ ग्राउण्ड सफाई गरिदिने मागमा ज्ञापन सुम्पेपछि नै उक्त ग्राउण्डको सफाई कार्य शुरू गरिएको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *