डुवर्स डिस्कभरी सोसाइटीका संस्थापकद्वारा पानीको पाइप प्रदान

बानरहाट: बानरहाट थाना अन्तर्गत पर्ने कटहलगुडीको इटाभट्टा लाइनका मानिसहरूले दीर्घदिनदेखि पिउने पानीको समस्या भोग्दै आइरहेका छन्। यसबारे सम्बन्धित विभागलाई धेरैपल्ट अवगत गराए तापनि कुनै पहल नगरेको स्थानीयहरूको भनाइ रहेको छ। स्थानीय मानिसहरूले यसबारे तराई डुवर्स सिलगढी विकास अनि सांस्कृतिक बोर्ड (गोर्खा समुदाय)-का भाइस चेयरम्यान सन्दीप छेत्रीले अवगत गराए। यसपछि तिनले डुवर्स डिस्कभरी सोसाइटीका संस्थापक सञ्जय कुजुरलाई जनाएपछि यसबारे पहल गरिदिने आश्वासन दिएका थिए। आज एउटा कार्यक्रमको आयोजना गरेर सञ्जय कुजुरले संस्थाको तर्फबाट आज पिउने पानीको समस्या समाधान गर्ने उद्देश्य लिएर 5 सय मिटर पानीको पाइप प्रदान गरे। उक्त सहयोग पुर्‍याइदिएकोमा स्थानीय मानिसहरूले सञ्जय कुजुर र सन्दीप छेत्रीलाई धन्यवाद दिए। यस अवसरमा सञ्जय कुजुर लगायत गोर्खा बोर्डका भाइस चेयरमेन सन्दीप छेत्री, तृणमूल कांग्रेस जिल्ला उपाध्यक्ष बापन गोप, तृणमूल महिला मोर्चाकी शाखा अध्यक्ष राखी रबिदास, श्रमिक नेता माधव उराव आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *