डुवर्स आइडलको ग्राण्ड फिनालेको लागि युद्ध स्तरमा तयारी

बानरहाट : डुवर्स टीभीको आयोजनामा सम्पन्न भइरहेको डुवर्स आइडलको ग्राण्ड फिनाले आगामी 23 जनवरी मटेलीमा सम्पन्न हुने भएको छ। यसलाई सफल तुल्याउन आयोजक कमिटीका सदस्यहरू लागिपरेका छन् भने डुवर्स भरिमै यसको प्रचार-प्रसार भइरहेको छ। डुवर्समा प्रथमपल्ट सङ्गीतप्रति रुचि राख्ने प्रतिभाहरूको खोज साथै एउटा असल मञ्च दिनको लागि उक्त कार्यक्रम गत 22 नोभेम्बरदेखि असम बंगलाको सिमाना क्षेत्र कुमारग्रामको सुनकोश चियाबारीदेखि अडिशन राउण्ड शुरू भएको थियो भने कालचिनी बीरपाडा माल बजार हुँदै सेमिफाइनल गत 9 जनवरीको दिन चामुर्ची इको पार्कमा सम्पन्न भएको थियो। सेमिफाइनलमा 6 जना प्रतियोगीहरू छनौट भएका छन् भने आगामी 23 जनवरीको दिन ग्राण्ड फिनाले गरिने भएको छ। ग्राण्ड फिनालेको लागि छनौट भएका प्रतियोगीहरूलाई लिएर आजदेखि डुवर्स टीभी मुख्य कार्यालयमा साङ्गीतिक अभ्यास शुरू गरिएको छ भने आगामी 22 जनवरीसम्म जारी रहने आयोजक कमिटको पक्षबाट जानकारी गराइएको छ। स्मरण रहोस्, उक्त डुवर्स आइडलको लागि डुवर्स क्षेत्रबाट तीन सयभन्दा अधिक प्रतियोगीहरूले भाग लिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *