डुवर्सका अशोक लामासहित चारजना नेतृत्व गोर्खा जनमुक्ति मोर्चामा सामेल

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चामा सामेल हुने क्रम पहाड हुँदै अब डुवर्समा पनि पुगिसकेको छ। डुवर्सका संस्थापक सदस्य अशोक लामा पुनः गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। गोजमुमो पार्टी कार्यालय पातलेबास, दार्जिलिङमा आएर बिमल गुरूङलाई भेट गर्नको साथै डुवर्सका संस्थापक सदस्य अशोक लामा पुनः गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। गोजमुमोको स्थापना कालदेखिनै डुवर्समा पार्टीको साङ्गठनिक विस्तार एवम् कार्यक्रमहरुमा अग्रिम पंक्तिमा रहेर कार्य गर्दै आएको अशोक लामाले विगत 2017 को आन्दोलन पछि कतिपय कारणले पार्टी छोडेका थिए। यद्धपि आज अध्यक्ष बिमल गुरुङकै नेतृत्वमा अघि बढ्ने सोंच बनाएर तिनी पुनः गोजमुमोमा फर्की आएको छ। तिनीसँग पार्टीमा सामेल हुने अन्य सदस्यहरुमा पूर्व प्रचार प्रसार सचिव राजेश शर्मा, कुन्दन छेत्री र इन्कार छेत्री सामेल छन्। तिनीहरूलाई खदा लगाइदिएर अध्यक्ष बिमल गुरूङले आफ्नो पार्टीमा पुन: स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *