डुवर्सका वामफ्रन्ट नेता रबिन राई र छिरिङ शेर्पा तृणमूल मजदुर सङ्गठनमा सामेल

सिलगढी: डुवर्सका चर्चित वामपन्थी मजदुर नेता रबिन राई, दागोपापका पूर्व पार्षद तथा कालेबुङका गोरामुमो पूर्व शीर्ष नेता छिरिङ शेर्पा लगायत अन्य तृणमूल कङ्ग्रेसको मजदूर सङ्गठनमा आज सामेल भएका छन्। राज्य मन्त्री मलय घटकले आज सिलगढीको तीनबत्ती मोड़स्थित एउटा भवनमा सम्पन्न कार्यक्रममा तिनीहरूलाई तृणमूल पार्टीको झन्डा प्रदान गर्दै आफ्नो पार्टीमा स्वागत जनाए।


यस अवसरमा रबिन रायले ममता ब्यानर्जीको  विचारधारासित औधी प्रेरित भएर नै आफु तृणमूल कङ्ग्रेसमा सामेल भएको बताए। यस कार्यक्रममा तृणमूल नेताहरू गौतम देव, आईएनटीटीयुसी-का राज्य अध्यक्ष रितुब्रत ब्यानर्जी लगायत अन्य कार्यकर्ताहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *