डुवर्सका विभिन्न चियाकमानमा गेट मीटिङको आयोजना

नगरकट्टा: चियाकमानका स्टाफ अनि सब स्टाफ जोइन्ट कमिटीको तर्फबाट आज हाजिरी वृद्धि लगायत विभिन्न मागहरूलाई लिएर डुवर्सका विभिन्न चियाकमानहरूमा गेट मिटिङको आयोजना गरियो। चिया श्रमिकहरूको वेतन वृद्धि भए तापनि स्टाफ अनि सव स्टाफहरूको केवल 15 प्रतिशत अन्तरिम वृद्धि मात्र गरिने भएको तर हालसम्म यसको चुड़ान्त निर्णय नभएकोले गत 9 जुलाईको दिन सीसीपीओ-लाई ज्ञापन चढाइएको थियो। त्यस अवधि यदि माग पुरा गेट मीटिङ गर्ने निर्णय लिए अनुसार आज चियाकमानहरूमा 4 घण्टाको गेट मीटिङ गर्न बाध्य बन्न परेको बताइएको छ। यसैगरी, बानरहाट खण्डको डायना चियाबारीमा पनि स्टाफ अनि सव स्टाफ जोइन्ट कमिटीद्वारा आज गेट मीटिङ गरियो। गेट मीटिङबारे कमिटीका युनिट सचिव आसराम महत्तोले बताएअनुसार चियाबारीको श्रमिकहरूको हाजिरी वृद्धि भएता पनि स्टाफ अनि सव स्टाफहरूको 15 प्रतिशत मात्र अन्तरिम वृद्धि भएको थियो भने हालसम्म यसको निष्कर्ष  नभएकोले आज आफूहरूले गेट मीटिङ गरेको हो। उक्त गेट मीटिङपछि पनि कुनै प्रकारको पहल नगरे आगामी 2, 3 र 4 अगस्तको दिन काम स्थगित गर्ने तिनले चेताउनी दिएका छन्। आजको गेट मीटिङमा स्टाफ अनि सव स्टाफ जोइन्ट कमिटीका युनिट सचिव आसराम महत्तो, सदस्यहरू राजेश हिङमाङ, दिपक काजी, अरुण भुजेल, हैदर अलि, सन्तोष माल, कुमार थापा, शम्भु ठाकुर, सन्तोष ठाकुर लगायत अन्य 80 जना स्टाफ अनि सव स्टाफहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *