डुवर्सकन्यामा अलिपुरद्वार जिल्लाको 9औँ वर्षगाँठ पालन

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको 9औँ वर्षगाँठ केक काटेर, बलुन उडाएर मनाइयो। आज अलिपुरद्वार जिल्लाको प्रशासनिक भवन डुवर्सकन्यामा एउटा कार्यक्रमको माध्यमद्वारा उक्त दिवस पालन गरियो। उक्त कार्यक्रममा अलिपुरद्वार जिल्ला प्रशासन र तथ्य संस्कृति विभागको पहलमा आयोजना गरिएको हो। यस अवसरमा जिल्लाशासक सुरेन्द्र कुमार मीना, बङ्गरत्न पद्मश्री प्राप्तकर्ता एवम् समाजका अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। कार्यक्रममा मेधावी विद्यार्थीहरू लगायत पत्रकारहरूलाई सम्मान जनाइयो। यस सम्बन्धमा जिल्लाशासक सुरेन्द्र कुमार मीनाले भने, 9 वर्षमा जिल्लाको सर्वाङ्गीण विकास भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *