डुवर्स कन्यामा स्टुडेन्ट क्रेडिट कार्ड वितरण कार्यक्रम

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको प्रशासनिक भवन डुवर्स कन्यामा आज स्टुडेन्ट क्रेडिट कार्ड वितरण कार्यक्रमको आयोजना गरियो। जिल्लाशासक सुरेन्द्र कुमार मिनाले आज डुवर्स कन्यामा 8 जनालाई स्टुडेन्ट क्रेडिट कार्ड, मुख्यमन्त्रीको अभिनन्दन पत्र र अनुमोदन पत्र प्रदान गरे। यस सम्बन्धमा अलिपुरद्वारका जिल्लाशासक सुरेन्द्र कुमार मीनाले अलिपुरद्वार जिल्लामा 14 जनालाई स्टुडेन्ट क्रेडिट कार्डमा ऋण अनुमोदन गरिएको बताए। द्वारे सरकारमा पनि स्टुडेन्ट क्रेडिट कार्डको शिविर रहेकोले विद्यार्थीहरूले द्वारे सरकार शिविरमा गएर आवेदन गर्न सक्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *