डुवर्सकी दुई चेलीले गणतन्त्र दिवस कार्यक्रममा मोटरसाइकल स्टन्ड प्रदर्शनी गर्ने

सिलगढी: देशको 76औँ गणतन्त्र दिवसको सुअवसरमा आगामी 26 जनवरीको दिन दिल्लीको राजपथमा सम्पन्न हुने कार्यक्रममा अल हुमेन सिमा भवानी मोटर साइकल टीम’-द्वारा मोटरसाइकल प्रदर्शन गर्ने भएको छ। प्रदर्शनमा 108 जना महिलाहरुले 29 वटा मोटरसाइकलमा 14 फर्मेसनमा प्रदर्शन गर्नेछन् भने यस प्रदर्शनमा डुवर्सका दुई साहसी महिलाहरु दुम्सिपाडा चियाकमानकी उपासना लामा अनि रामझोडा चियाकमानकी सरस्वती लामा पनि सामेल हुनेछिन् । सरस्वतीको यो दोस्रो पटक प्रदर्शन हो भने उपासनाले प्रथमपल्ट यस प्रकारको प्रदर्शनमा अंशग्रहण गर्ने भएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *