डुवर्सको भाटपाडा चियाकमानमा खोरमा फँस्यो चितुवा

अलिपुरद्वार : डुवर्सको भाटपाडा चियाकमानमा एउटा वयस्क चितुवा खोरमा फँसेको छ। प्राप्त जानकारी अनुसार आज बिहान भाटपाडा चियाकमानको 23 नम्बर सेक्सनमा वन विभागद्वारा थापिएको खोरमा एउटा वयस्क चितुवा फँसेको छ। आज बिहान कमानमा आएका श्रमिकहरूले खोरमा चितुवा फँसेको देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर पाना मोबाइल रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवा उद्धार गरेर राजाभातखावामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *