डुवर्सको विभिन्न इलाकामा भालुको ताण्डव

अलिपुरद्वार (निसं)ठण्डा बढ्न साथ डुवर्समा भालुको आतङ्क शुरू भएको छ। आज बिहान बक्सा जङ्गलबाट एउटा भालु निस्केर अलिपुरद्वार जिल्लाको दक्षिण ढालकर इलाकामा पसेपछि मानिसहरूमा भागदौड मच्चियो। प्राप्त जानकारीअनुसार बक्सा जङ्गलबाट आज बिहान एउटा भालु निस्केर गाउँको विभिन्न इलाकामा ताण्डव मच्चायो। स्थानीय मानिसहरूले यसबारे वन विभागलाई खबर दिएपछि बक्सा बाघ परियोजनाका अधिकारी तथा वनकर्मीहरू घटनास्थलमा पुगेर सम्पूर्ण इलाकालाई जालले घेरेर घण्टौँसम्म भालुलाई पक्रिने प्रयास गर्यो। यसपछि वन कर्मीहरूले ट्रान्क्विलाइजरको सहयोगमा उक्त भालुलाई उद्धार गरेर राजाभातखावामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *