डुवर्सको चियाकमानहरूमा बाल तस्करी रोक्न राज्य शिशु सुरक्षा कमिश्नरको पहल

कालचिनी : राज्य शिशु सुरक्षा कमिश्नरले डुवर्सको चियाकमानमा बाल तस्करी रोक्न विशेष कदम उठाइरहेको छ। यस टोलीको नेतृत्व राज्य शिशु सुरक्षा कमिश्नरका विशेष सल्लाहकार तथा प्रमुख गायक सौमित्र रायले गरेका छन्।  आज शिशु सुरक्षा कमिश्नरका सदस्यहरूले अलिपुरद्वारको कालचिनी चियाकमान इलाकाको भर्नाबारी चियाकमानमा गएर श्रमिकको परिवारका सदस्यहरूसित कुराकानी गरे। यस अवधि सौमित्र रायले नानीहरू तथा तिनका अभिभावकहरूको विविध समस्याहरू सुने। कमिश्नरका सदस्यहरूले बताएअनुसार आगामी सोमबार अलिपुरद्वार तथा जलपाईगढी जिल्लाका प्रशासनिक अधिकारीहरूसित एउटा बैठक गरेर समस्याको विभिन्न पहलुबारे चर्चा परिचर्चा गरिनेछ। कमिश्नरको तर्फबाट चियाकमानका नानीहरूको तस्करी रोक्नको लागि जिल्ला प्रशासनलाई अझ अधिक सतर्क रहने सल्लाह दिनको साथै तस्करी गुटका नाइके विरुद्ध कठोर कानुनी कार्वाही गरिनुपर्ने सिफारिश गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *