डुवर्सको चिया कमानहरूमा दोस्रो दिन पनि गेट मीटिङ, धरना जारी

नगरकट्टा: चिया कमानका स्टाफ अनि सव स्टाफहरीको वेतन वृद्धि, पुजा बोनस आदि मागलाई लिएर जोइन्ट एक्सन कमिटीको तर्फबाट दुई दिनव्यापी गेट मीटिङ आज पनि जारी रहेको छ। आज श्रमिक संगठनको तर्फबाट डुवर्सको जीती चिया कमान, होप चिया कमान, भगतपुर चिया कमान, नगरकट्टा चिया कमान, हिला, कुर्ती, केरन, लुकसान सहित विभिन्न चिया कमानमा गेट मीटिङ साथै धरना प्रदर्शन कार्यक्रम गरियो। उक्त प्रदर्शनमा भाजपा समर्थित टी वर्कर्स युनियनको समर्थन रहेको छ।


जोइन्ट एक्सन कमिटी सूत्रले दिएको जानकारी अनुसार 20 प्रतिशत पुजा बोनस, स्टाफ अनि सव स्टाफहरूको वेतन वृद्धीको मागलाई लिएर डुवर्सका चिया कमानहरूमा हिजदेखि दुईदिने गेट मीटिङ शुरू भएको छ। यसपछि आउँदो 16 र 17 सेप्टेम्बरको दिन राज्य सरकारको विरोधमा काला पट्टी लगाकर मौन विरोध कार्यक्रम गरिने भएको छ। यसको साथै 18 सेप्टेम्बर बिहान 7 बजेदेखि 10 बजेसम्म 3 घण्टा पेन डाउन अनि 19, 20 र 21 सेप्टेम्बर स्टाफ तथा सव स्टाफहरूले कालो पट्टी लगाएर काम गर्ने कार्यक्रम गरिने भएको छ। यसपछि 22, 23 र 24 फेरि पेन डाउन गरिने छ । माग पूरा नगरे वृहत आन्दोलन गर्ने श्रमिक संगठनले चेतावनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *