डुवर्सको जुरन्ती चियाबारीमा श्रीमद्भागवत महापुराण

मटेली: मटेली ब्लकको जुरन्ती चियाबारीमा गत 21 मार्चदेखि सुरु भएको श्रीमद्भागवत महापुराण बढो धुमधामको साथ पालन भइरहेको छ। यस पुराणका कथावाचक वृन्दाबनबाट आएका गुरुजी श्री कृष्ण सुभमजी महाराजको मुखारावृन्दबाट भक्तहरुले अमृतमय कथाहरूको रसपान गर्दै आनन्द लिइरहेका छन। गत दुई वर्षदेखि लगातार रुपमा विश्व शान्ति आपसी भाइचारा बनाई राख्नको निम्ति नै यो पुराण आयोजना गरिएको पुराण आयोजक कमिटीका सदस्यहरुले बताए।


आयोजक कमिटीका सभापति गोरे विश्वकर्म, सचिव दुखु चिक बराइक, सुवास शर्मा, मन बहल चिक बराइक, उत्तम कालान्दीले दिएको जानकारी अनुसार विश्व शान्ति साथै हिन्दु धर्मलाई जोगाएर राख्नको निम्ति नै प्रत्येक गत दुई वर्षदेखि भव्यताको साथमा पुराण आयोजना भइरहेको छ। यस पुराणको मुख्य आकर्षक कोलकाताबाट आएका झाँकीहरु रहेको पनि तिनीहरुले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *