डुवर्सको लाटागुड़ीमा राज्यपालले गरे प्रशिक्षण शिविरको उद्घाटन

जलपाइगढ़ी: पश्चिम बंगालका राज्यपाल जगदीप धनखड़ शुक्रवार बिहान डुवर्सको लाटागुड़ी आइपुगे। यस असरमा तिनले लाटागुड़ीमा एडभोकेट वेलफेयर एसोसिएशनद्वारा आयोजित एउटा कार्यशाला एवम् प्रशिक्षण शिविरको विधिवत् उद्घाटन गरे। यस अवधि तिनीसित तिनका धर्मपत्नी पनि उपस्थित थिए। कार्यशालामा कोलकाता हाई कोर्टका जज समाप्ति च्याटर्जी, राज्यका पर्यटन मन्त्री गौतम देव लगायत विभिन्न ठाउँहरूबाट धेरै संख्यामा वकिलहरू भेला भएका थिए। स्मरण रहोस, आज बिहान कोलकाताबाट विशेष विमानमार्फत राज्यपाल बाघडुग्रा विमानअड्डामा आइपुगेपछि तिनी त्यहाँबाट सोझै सड़क मार्ग भएर लाटागुड़ी प्रस्थान गरे। राज्यपालको सुरक्षालाई लिएर पुलिस प्रशासनले कठोर सुरक्षा व्यवस्था अप्नाएको थियो। राज्यपाल आज साँझमा नै कार्यक्रमको समापण भएपछि कोलकाता फर्किने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *