डुवर्सको राजाभातखावा जङ्गलमा ट्रेनको चपेटमा परेर 3 वटा हात्तीको मृत्यु

अलिपुरद्वार (निसं): डुवर्सको राजाभातखावा जङ्गलमा ट्रेनको चपेटमा परेर 3 वटा हात्ती मरेको घटना प्रकाशमा आएको छ। आज बिहान अलिपुरद्वारबाट सिलगढीतर्फ आइरहेको पार्सल ट्रेन अघि अचानक हात्तीहरूको झुण्ड आउँदा ट्रेनले किच्चाएर 3 वटा हात्ती मरेको बताइएको छ। जसमा एउटा वयस्क, एउटा अर्ध वयस्क र एउटा हात्तीको बच्चा सामेल छ। घटनाको खबर पाएर वन विभाग तथा रेलवेका आलाधिकारीहरू घटनास्थलमा पुगेका थिए। वन विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *