डुवर्समा भालूको आतङ्क जारी, अबेर राति घरको बाथरूमबाट पक्रियो भालू

अलिपुरद्वार (निसं): डुवर्स इलाकामा भालूको आतङ्क लगातार जारी रहेको छ। फेरि डुवर्सको अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लक अन्तर्गत पागलारहाट संलग्न इलाकाबाट वन कर्मीहरूले भालू उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार हिज सोमवार राति लगभग 12 बजे पागलारहाट संलग्न इलाकाको एउटा घरमा भालू पस्यो। यसपछि त्यो भालू घुम्दै घरको बाथरूममा पसेको कुरा परिवारका सदस्यहरूले थाहा पाउन साथ बाथरूमको दैलोमा बाहिरबाट चुकूल लगाइदिए अनि घटनाबारे वन विभागलाई जानकारी दिए। खबर पाउन साथ बक्सा बाघ परियोजनाका अधिकारी अनि वनकर्मीहरू तत्कालै घटनास्थलमा आइपुगे। लगभग दुई घण्टाभन्दा अधिक समयसम्म लगातार प्रयास गरेपछि अन्तमा अबेर राति वन कर्मीहरू त्यो भालूलाई नियन्त्रणमा ल्याउन सफल भए। अर्कोतिर, वन विभाग सूत्र अनुसार उक्त पक्रिएको भालूलाई अन्यत्र जङ्गलमा लगेर छोडी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *