डुवर्स टिभी एक वर्ष पुगेकोमा कार्यक्रम सम्पन्न

नगरकट्टा : नगरकट्टा आदिवासी चर्चा केन्द्रमा डुवर्स टिभी एक वर्ष पुगेको उपलक्ष्यमा एउटा कार्यक्रमको आयोजना गरियो। डुवर्स केवल अपरेटिङ एसोसिएनका किरण प्रधानले अध्यक्षता गरेको यस कार्यक्रममा मुख्य अतिथि नगरकट्टा खण्ड अधिकारी स्मृता सुब्बा, अन्य अतिथिहरूमा सुदिप मिञ्ज जीटीए वित्तीय सचिव, सिलगढी जर्नलिस्ट क्लबका अध्यक्ष प्रमोद गिरी, सचिव अन्सुमान चक्रवर्ती, भागोप अध्यक्ष सुखमान मोक्तान, तराई डुवर्स आदिवासी महिला फेलफेयर सोसाइटीका विनिता कुजुर, बिनय मुर्मु, ललित न्यासुर, डुवर्सका प्रख्यात वलिवुड गायक इन्द्रजित मिजार, अजय थापा, युवा सुफी गायक पुष्पण प्रधान लगायत अन्य उपस्थित थिए।


डुवर्स टिभीका अभिभावक सञ्जय कुजुरले कार्यक्रममा डुवर्स टिभीको विषयमा दर्शकहरूलाई जानकारी गराउँदै डुवर्स टिभीका सदस्य साथै पत्रकारहरूलाई पनि सम्मान जनाउँदै मोमेन्टो प्रदान गरे। कार्यक्रमा साद्री अनि नेपाली नृत्यहरू प्रस्तुत गरियो। आजको कार्यक्रममा आगामी 22 नोभेम्बरदेखि डुवर्स टिभीको आयोजनामा शुरू हुने डुवर्स आइडल 1-को पनि लोकार्पण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *