डुवर्स उत्सव 28 दिसम्बरदेखि शुरू गरिने

अलिपुरद्वार (निसं): 18औँ विश्व डुवर्स उत्सव 28 दिसम्बरदेखि शुरू हुने भएको छ। डुवर्स उत्सवको वेबसाइट आधिकारिक रूपमा आज लन्च गरियो। उक्त वेबसाइटमा गत डुवर्स उत्सव र यस वर्षको डुवर्स उत्सवको बारेमा विभिन्न जानकारी उल्लेख गरिएको छ। यस अवसरमा अलिपुरद्वारका जिल्लाशासक आर बिमला, डुवर्स उत्सव कमिटीका सचिव सौरभ चक्रवर्ती लगायत अन्य उपस्थित थिए। डुवर्स उत्सव कमिटीका सचिव सौरभ चक्रवर्तीले बताएअनुसार यस वर्ष एनबीएसटीसी-को तर्फबाट विभिन्न रूटहरू भएर बसहरू चलाचल गरिनेछ। डुवर्सको उपलब्धिहरूलाई सम्मान गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *