डुवर्स कन्या प्रशासनिक भवन अगाडि श्रमिकहरूसँग सांसद र विधायक बसे धरनामा

अलिपुरद्वार (निसं) : भाजपाका केन्द्रीय मन्त्री जोन बारला अनि कालचिनीका विधायक विशाल लामा अलिपुरद्वारको डुर्स कन्या प्रशासनिक भवन अगाडि बन्द चिया बगानका मजदुरहरूसँग आज धरनामा बसे। केन्द्रीय मन्त्री जोन बारलाले मंगलबार बन्द कालचिनी चिया बगानको निरीक्षण गर्नको साथै बन्द रहेको चिया बगानको विविध समस्या समाधानक लागि आज बुधबार जिल्ला अधिकारीसमक्ष जाने बताएका थिए यसैको फलस्वरूप आज केन्द्रीय मन्त्री जोन बारला र विधायक विशाल लामा बन्द चिया बगानका कार्यकर्ताहरू सहित अलिपुरद्वारका जिल्ला मजिस्ट्रेटलाई भेट्न डुर्स कन्या पुगेपछि पुलिस प्रशासनले डुर्स कन्या अगाड ब्यारिकेड लगाएर तिनीहरूलाई प्रवेश गर्नमा रोक लगाए। यसपछि तिनीहरु आफ्ना कार्यकर्ताहरूसहित गेट अघि नै धरनामा बसे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *