डुवर्स ह्युम्यान केयर सोसाइटीद्वारा छठ पुजामा ब्रत बस्नेहरूलाई सामान वितरण

सिलगढी: छठ पुजाको अवसरमा सिलगढीमा डुवर्स ह्युम्यान केयर सोसाइटीले छठ ब्रतधारीहरूको लागि पुजा गर्ने सर-सामाग्रीहरू वितरण गऱ्यो। आज सिलगढीको कञ्चनजङ्घा स्टेडियम परिसरमा 100 जना छठ ब्रतधारीहरूलाई उक्त पुजाका सामानहरू प्रदान गरियो। यस अवसरमा सिलगढी डुवर्स ह्युम्यान केयर सोसाइटीको तर्फबाट जिल्ला तृणमूल सभानेत्री पापिया घोष, रञ्जन सरकार, प्रतुल चक्रवर्ती लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *