दोस्रो महानन्दा ब्रिजमा जेसीबी र मालवाहक ट्रक आपस्तमा ठोक्किँदा ट्रक चालक घाइते

सिलगढी : सिलगढीको राजा राममोहन राय दोस्रो महानन्दा ब्रिजमा गत अबेर राति एउटा मालवाहक ट्रक चालकको लापर्वाहीले गर्दा ठुलो दुर्घटना हुनबाट जोगियो। गत राति लगभग 1 बजी एउटा मालवाहक ट्रक र जेसीबी आपस्तमा ठोक्किँदा ट्रक चालक भाग्यले बाँचे। प्राप्त जानकारी अनुसार मालवाहक ट्रक भक्ति नगर चेकपोस्टबाट चम्पासरीतर्फ आइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा जेसीबी चेकपोस्टतर्फ गइरहेको समय महानन्दा ब्रिजमा ट्रक चालकले गलत रूट भएर आउने क्रममा जेसीबीसित ठोक्किँदा ट्रकको  अघिल्लोपट्टिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। घटनामा ट्रक चालकलाई सामान्य चोट लागेको थाहा लागेको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा ट्रकमा फँसेका चालकलाई बाहिर निकालिइयो। घटनाको खबर पाएर प्रधान नगर तथा भक्ति नगर थाना पुलिस घटनास्थलमा पुगेर जेसीबी र ट्रकलाई आफ्नो नियन्त्रणमा लिइयो। उक्त दुर्घटना भएको घण्टौँसम्म महानन्दा ब्रिजमा वाहनहरूको लामो लाइन देखापरेपछि पुलिस प्रशासनको सहयोगमा यातायात सुचारू गरियो। प्रधान नगर थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *