दोस्रो दिन खरसाङका कार्यालयहरूमा अस्थायी कर्मचारीहरूद्वारा पेन डाउन

खरसाङ: स्थायीकरणको मागमा जीटीए क्षेत्रका एकीकृत कर्मचारी संगठनद्वारा गरिएको पेन डाउन कार्यक्रम दोस्रो दिन पनि जारी छ। यता खरसाङको विभिन्न कार्यालयहरूमा पनि एकीकृत कर्मचारी संगठनको लगातार पेन डाउन हड़ताल जारी रहेको छ। सरकारसित आफ्नो हक र अधिकारको निम्ति जीटीए-का सम्पूर्ण अस्थायी कर्मचारीहरूले पेन डाउन हड़ताल गर्ने निर्णय लिएपछि गत 2 सेप्टेम्बरदेखि पेन डाउन हड़ताल शुरू गरेका छन्।


आज खरसाङको विभिन्न कार्यालयहरूमा गएर उच्च अधिकारीहरूसित भेट गरी पेन डाउन हड़ताललाई साथ र सहयोग गर्ने अपील गरेका छन्। विशेष गरी आज एकीकृत कर्मचारी संगठन खरसाङ महकुमा समिति अध्यक्ष सन्दीप बल, सचिव साजन घतराज, केन्द्रिय समिति उपाध्यक्ष वङचुक भोटिया, महकुमा उपाध्यक्ष सुधामा शर्मा, प्रचार प्रसार सचिव रबि तेलङ्गी, सह सचिव किस्मत सुब्बा लगायत कार्यकारी सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *