दोस्रोपल्ट कुचबिहार जिल्ला सभापति निर्वाचित भएपछि पार्थ प्रतिम रायले मदनमोहन मन्दिरमा गरे पुजा अर्चना

कुचबिहार : तृणमूल कङ्ग्रेसका नवनिर्वाचित सभापति पार्थ प्रतिम रायले आज कुचबिहारको मदनमोहन मन्दिरमा गएर पुजा अर्चना गरे। तृणमूल प्रमुख ममता ब्यानर्जीले तिनलाई दोस्रोपल्ट कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेसको सभापतिको रूपमा निर्वाचित गरेको छ। गत मङ्गलबार कुचबिहार जिल्ला सभापतिको रूपमा तिनको नाम घोषणा गरेपछि हिजो तिनी कुचबिहार फर्किआए। यसपछि तिनी आज बिहान आफ्ना परिवारका साथमा कुचबिहारको चर्चित मदनमोहन मन्दिरमा गएर पुजा अर्चना गरे। यस अवसरमा तिनले भने, तृणमूल पार्टीले आफूलाई दोस्रोपल्ट जिल्ला सभापतिको रूपमा निर्वाचित गरेकोले आज मदनमोहनको आशीर्वाद लिएर कार्य शुरू गरेको छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *