डीपीएस स्कुलमा कोरोना टीकाकरण शिविरको आयोजना

सिलगढी : डागापुरको डीपीएस स्कुलमा मतिगढा स्वास्थ्य विभागको तर्फबाट 15 देखि 18 वर्षसम्मका विद्यार्थीहरूको लागि टीकाकरण शिविरको आयोजना गरियो। उक्त शिविरको माध्यमद्वारा 600 जनालाई कोरोना भ्याक्सिनको प्रथम डोज लगाउने लक्ष्य राखिएको हो। यस विषयमा स्कुलका प्रिन्सिपल अनिश शर्माले बताएअनुसार 15-18 वर्षसम्मका विद्यार्थीहरूको लागि आज स्कुलमा टीकाकरण शिविरको आयोजना गरिएको हो। मतिगढा स्वास्थ्य विभागको सहयोगमा आज स्कुलमा दोस्रो टीकाकरण शिविरको आयोजना गरिएको साथै आगामी दिनमा पनि यस प्रकारको शिविरको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *