डा. गोकुल सिन्हा जस्ता हस्तीहरूको पहलमा नै भारतीय गोर्खाको समस्याको समाधान हुनेछ : अनित थापा

सोनादा : अनित थापाले आफ्नो नयाँ राजनीतिक पार्टीको घोषणा गर्न केही दिन अघि आज भारतीय नेपाली साहित्यका महान् लेखक तथा बुद्धिजीवि डा. गोकुल सिन्हालाई तिनकै वासस्थानमा गएर भेट गरे। यस अवसरमा तिनले डा. सिन्हालाई खदा लगाई दिएर सम्मान जनाए। यसबारे स्वयम् जीटीएका पूर्व अध्यक्ष अनित थापाले सोशल मीडिया मार्फत् जानकारी दिएका छन्। तिनले बताएअनुसार डा. गोकुल सिन्हा पहाडको एक टाकुरा नै हुन्। पहाडले चिनेको गोकुल सिन्हा एकजना साहित्यिक महारथी, अनुवादक, लेखक, चिन्तक। तिनको कृतिहरू नपढ्ने सायाद कुनै पनि नेपाली भाषाका शोधकर्ताहरु छैनन् होला।  तर मैले चिनेको डा. गोकुल सिन्हा मृदु भाषी, दार्जिलिङ पहाडलाई अत्यन्तै माया गर्ने, पहाडको निम्ति सकारात्मक सोच राख्ने, केही गरौं भन्ने जोश अनि हिम्मत भर्ने एकजना सरल व्यक्ति। आज बिहान तिनको वासस्थानमा गएर तिनलाई भेटे। सँगै बसेर चियाको चुस्की लिँदै पहाडको अवस्था, राजनीति, विकास, भविष्यमाथि विचारहरू आदान प्रदान गर्यौ।


मैले पनि नयाँ समीकरणको अवधारणा अनि आवश्यकतामाथि आफ्नो विचार राखे। शिक्षित समूहहरूको मार्गदर्शनको आवश्यकता माथि जोड दिए। अनुभवी व्यक्तिहरूको अनुभव अनि भिजनको आवश्यकता आजको पहाडलाई जतिको छ सायद बितेको दिनमा थिएन। नयाँ समीकरण केवल राजनेता अनि समर्थकहरूको झुण्ड मात्र बनिने छैन। पहाडलाई केन्द्रमा राखी पहाडलाई राम्रो पहाड कसरी बनाउने सोच राख्ने हरेक पहाडवासीको समागम नै नयाँ समीकरण हो। यस समीकरणमा केवल भाषणको ज्ञान होइन तर पहाडको अर्थ, शिक्षा, पर्यटन, भाषा, संस्कृति, कला आदि विषयका बौद्धिकहरूको पनि समावेश रहनेछ। माटो प्रेमी सिन्हा सर नयाँ समीकरणको निम्ति ऊर्जा नै हुन्। नयाँ समीकरणले पहाड अनि गोर्खाको समस्याको समाधान अलग अलग तरिकाले गर्नेछ। सिन्हा सर जस्ता हस्तीहरूको पहलमा नै भारतीय गोर्खाको समस्याको समाधान हुनेछ भन्ने मेरो विचार छ। गोकुल सरको यी प्रेरणादायी शब्दहरूको निम्ति आभारी छु। अपर्झटको काम राम्रो हुँदैन, सोच विचारको काम राम्रो हुन्छ। अनित थापाले शुरु गर्दै गरेको नयाँ पार्टी सोच विचार कै उपज हो। दलहरूमा विभाजित भएको पहाडमा अनित भाइले शुरु गर्न लागेको पार्टी सफल हुन्छ भन्ने लागेको छ। अनित भाइलाई मेरो धेरै धेरै शुभकामना छ। आगामी 9 सेप्टेम्बरमा पार्टी घोषणा हुने कार्यक्रममा म अवश्य भाग लिनेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *