डा. हर्कबहादुर छेत्री विरुद्ध बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छेद्वारा खरसाङ पुलिस थानामा प्राथमिकी दर्ता

खरसाङ (निसं) : बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छेद्वारा डा. हर्कबहादुर छेत्रीको नाममा खरसाङ पुलिस थानामा प्राथमिकी दर्ता गरेका छन्। गत केही दिन अघि कालेबुङ जिल्ला अन्तर्गत गोरूबथानमा सम्पन्न एउटा शैक्षिक कार्यक्रममा बोल्दै कालेबुङका पूर्व विधायक एवम् वर्तमान जिल्ला प्राथमिक स्कुल निरीक्षक डा. हर्कबहादुर छेत्रीले हिन्दु धर्ममाथि ठेस पुग्ने वक्तव्य दिएको आरोप लगाउँदै बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छे उर्फ देवभरत लामाले खरसाङ थानामा प्राथमिकी दर्ता गरेको जानकारी दिएका छन्। खरसाङमा पत्रकार सम्मेलन बोलाएर बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले पत्रकारहरूसित कुराकानी गर्दै डा. हर्कबहादुर छेत्रीले एउटा उदाहरण दिएर भनेको कुरा याद छ तर धर्मको नाम गरेर उदाहरण दिनु भएन भन्दै हिन्दु धर्मलाई लत्ताएर, हिन्दु धर्मलाई ठेस पुग्ने गरी वक्तव्य दिएको कारणले नै यो स्थिति आइपरेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *