सिलगढी : सिलगढी प्रधाननगरस्थित डाक्टर आईबी थापा नेपाली हाई स्कुलको छात्रा प्राप्ति लामाले मोठ 502 अङ्क प्राप्त गरेर स्कुलमा पहिलो स्थान ओगटेकी छन्। तिनको बाबु प्रवीण लामा सिलगढीमा एउटा चश्मा दोकानमा काम गर्दछन्। प्राप्ति लामाको मेहनत तथा लगनशीलताले गर्दा तिनले माध्यमिक परीक्षामा 502 अङ्क प्राप्त गरेर स्कुल टपर बनेकी छन्। तिनको उक्त उपलब्धिमा परिवार लगायत स्कुलका शिक्षक-शिक्षिकाहरू निक्कै खुशी छन्। छोरी प्राप्तिलाई डाक्टर बनाउने तिनको बाबु सपना रहेको छ। यस अवसरमा प्राप्ति लामाले भनिन्, आज माध्यमिक परीक्षाको रिजल्ट जारी भएको बारे आफूलाई थाहा थिएन। स्कुलको तर्फबाट 502 अङ्क ल्याएर स्कुल टपर बनेको थाहा पाएपछि आफू निक्कै खुसी भएको तिनले बताइन्।
