डा. जस योञ्जन प्यासी-द्वारा लिखित गीत संग्रह ‘फेरि फेरि तिमीले मलाई’ पुस्तकको लोकार्पण

सिलगढी : डा. जस योञ्जन प्यासी-द्वारा लिखित गीत संग्रह फेरि फेरि तिमीले मलाई पुस्तकको सिलगढीको सालाबारीमा आज एउटा कार्यक्रमबीच लोकार्पण गरियो। उक्त गीत संग्रह पुस्तकको गीतकार डा. जस योञ्जन प्यासी, हाँस्य व्यङ्ग्यकार कृष्ण प्रधान, सङ्गीतकार राजु सुन्दास, गायक कर्म मोक्तान र प्रकाशक सञ्जीव छेत्री आदिको बाहुलीबाट लोकार्पण गरियो। यस अवसरमा डा. जस योञ्जन प्यासीद्वारा लिखित कालजायी गीत फेरि फेरि तिमीले मलाई गीतका गायक कर्म मोक्तान र संगीतकार राजु सुन्दासलाई सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *