डा. महेश दाहाललाई साहित्य अकादेमी युवा पुरस्कार 2021 प्रदान

खरसाङ : डा महेश दाहाल साहित्य अकादेमी युवा पुरस्कार 2021-द्वारा सम्मानित भएका छन्। चेन्नईस्थित एसआरएम युनिभर्सिटीमा डा. महेश दाहाललाई तिनको कथा कृति “अचल कुहिरो” (2019)- का लागि युवा साहित्य अकादमी पुरस्कार प्रदान गरिएको हो। उक्त पुरस्कार साहित्य अकादमी नयाँ दिल्लीको अध्यक्ष चन्द्रशेखर कम्बरको बाहुलीबाट प्रदान गरिएको छ । तिनीसितै भारतको 23 वटा भाषाका युवाहरूलाई पनि युवा साहित्य अकादमी पुरस्कार 2021 प्रदान गरिएको छ। आफ्नो कुरामा विविधता र समयानुकूल बोधित विचारलाई लेख्ने प्रयत्न रहेको डा. दाहालले जनाए। महेश दाहालको कृतिहरूमा आफ्नै खोजको संसारमा (कविता सङ्ग्रह )- 2009प्रेरणा अनुभूतिका ( कविता सङ्ग्रह 2011), रङ्गहीन तरङ्ग(रूवायात, 2013), भूलेर आफैलाई(गजल सङ्ग्रह- 2014)प्रहरका तप्कना(कविता सङ्ग्रह, 2015)आकृति केही कृतिका(समीक्षा सङ्ग्रह, 2017), अचल कुहिरो(कथा सङ्ग्रह- 2019) आदि प्रकाशित छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *