डा. सर्वपल्ली राधाकृष्णनको जयन्ती सिलगढी नगरनिगममा पालन

सिलगढी (निसं): देशका विभिन्न ठाउँहरूमा झै सिलगढीमा पनि आज डा. सर्वपल्ली राधाकृष्णनको जन्म दिन सम्मानको साथमा मनाइयो। तिनी भारतका पूर्व उपराष्ट्रपति, दार्शनिक साथै भारत रत्न प्राप्तकर्ता थिए। तिनकै जन्मदिन आज अर्थात 5 सेप्टेम्बरको दिनलाई शिक्षक दिवसको रूपमा मनाइने गरिन्छ। आज सिलगढी नगर निगममा राधाकृष्णनको जयन्ती मनाइयो। सिलगढी नगर निगमका मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, प्रतुल चक्रवर्ती, कमिश्नर सोनम वाङ्गदी भूटिया लगायत अन्य व्याक्तिहरूले राधाकृष्णनको तस्वीरमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा मेयर गौतम देवले भने, नगर निगमको तर्फबाट आज डा. सर्वपल्ली राधाकृष्णन जस्ता महान व्याक्तिलाई स्मरण गर्दै तिनलाई सम्मान गर्न पाउँदा गौरवान्वित महसुस गरिरहेको छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *