द्रौपदी मुर्मूले लिइन् राष्ट्रपति पदको शपथ

नयाँ दिल्ली: श्रीमति द्रौपदी मुर्मूले देशका 15औं राष्ट्रपतिको रूपमा आज एउटा भव्य समारोहबीच शपथ ग्रहण गरिन्। सर्वोच्च न्यायालयका मुख्य न्यायाधीश जस्टिस एनभी रमनाले तिनलाई राष्ट्रपति पद अनि गोपनीयताको शपथ दिलाए। श्रीमति द्रौपदी मुर्मू देशका पहिलो आदिवासी महिला राष्ट्रपति बनिन् भने यसको साथै देशको दोस्रो महिला राष्ट्रपति हुन्। आज बिहान 10 बजी द्रौपदी मुर्मूले संसद भवनको सेन्ट्रल हलमा पुगेर देशको सर्वोच्च संवैधानिक पदको शपथ लिइन्। यस अवसरमा तिनलाई 21 तोपको सलामी दिइयो। शपथ ग्रहण समारोहमा आज अवकाश ग्रहण गरेका पूर्ण राष्ट्रपति रामनाथ कोविद लगायत प्रधानमन्त्री नरेन्द्र मोदी, देशका शीर्षस्थ पदाधिकारीगण तथा विभिन्न राज्यका मुख्यमन्त्रीहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *