डीआरआई टीमद्वारा राजधानी ट्रेनबाट 2 जना सुन तस्कर पक्राउ,  अण्डरवेयर भित्र लुकाएको थियो 1 किलो 212 ग्राम सुन

सिलगढी (निसं): इन्डो-म्यांमार बोर्डरबाट सिलगढीको बाटो हुँदै अन्डरवेयरभित्र सुन लुकाएर दिल्लीमा तस्करी गर्न अगावै डीआरआई-ले गोप्य सूचना पाएपछि अभियान चलाएर दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा तमिलनाडुका मोहम्मद मुस्तकिम (37) र अब्दुल रहमान (51) सामेल छन्। प्राप्त जानकारी अनुसार, गोप्य सूत्रमार्फत खबर पाएपछि डीआरआई टोलीले शुक्रवार राजधानी गुवाहाटी एक्सप्रेस ट्रेन एनजेपी पुग्न साथ अभियान चलाएर सन्देहको आधारमा मुस्तकिम र रहमानलाई छानबिन गर्दा ट्रली ब्यागको विशेष चेम्बरबाट एउटा सुनको बिस्कुट अनि दोस्रो व्यक्तिको अन्डरवेयर भित्रबाट एउटा सुनको बिस्कुट उद्दार गरेको छ। जफत गरेको सुनको ओजन 1 किलो 212 ग्राम रहेको छ भने त्यसको बजार मूल्य 65 लाख 38 हजार 812 रुपियाँ रहेको बताइएको छ। यसवाहेक, तिनीहरूबाट डीआरआई टोलीले दुई वटा जाली आधार कार्ड पनि उद्धार गरेको छ। आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *