ड्राइभर युनियनका सदस्यहरू भागोप्रमो-मा सामेल

कालेबुङ: कालेबुङ जिल्लाको 37 नम्बर समष्टि अन्तर्गत दलपचन, विद्याङ, पैयुङका डाइभर युनियनका सदस्यहरू समाजसेवक तथा युवा नेता दावा तेञ्जी शेर्पाको नेतृत्वमा गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। तिनीहरूलाई पार्टीमा स्वागत जनाउँदै दलिय झण्डा प्रदान गरियो। अब आउने पार्टीको हरेक कार्यक्रममा सहभागी जनाउने बारे ड्राइभर युनियनका सदस्यहरूले वचन दिएका छन्। ड्राइभर युनियनको समर्थन कार्यक्रममा समाजसेवक तथा युवा नेता दावा तेञ्जी शेर्पा, समष्टि युवा शक्ति अध्यक्ष एडविन लेप्चा, कालेबुङ जिल्ला विद्यार्थी सङ्गठन को-अर्डिनेटर प्रमेश राई, जुनम छेत्री, दुष्यन्त राईको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *