डीआरएमले गरे गंगारामपुर रेलवे स्टेशनको परिभ्रमण

गंगारामपुर : गंगारामपुर रेलवे स्टेशनको आज डीआरएमले परिभ्रमण गरे।दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुरमा 2004 देखि रेलवे सेवा शुरू भए तापनि उक्त स्टेशनमा हालसम्म यात्रीहरूलाई पूर्ण सुविधा उपलब्ध भएको छैन। यहाँको कुनै प्लेटफार्म तल छ भने कुनै प्लेटफार्ममा सेडनलगाइएको कारण धेरै समयदेखि गंगारामपुर रेलवे स्टेशनमा यात्रीहरूले विभिन्न प्रकारको समस्याहरू भोग्दै आइरहेका छन्।  रेल उन्नयन कमिटीले गंगारामपुरमा धेरै दिनदेखि यी सबै समस्याहरूलाई लिएर आन्दोलन गर्दै आइरहेकोले गर्दा नै गारामपुर रेलवे स्टेशनमा प्लेटफार्म निर्माण कार्य शुरू गरेको छ। आगामी 15 मार्चको दिन उक्त प्लेटफार्मको उद्घाटन गरिने भएको छ। यसैले कटिहार डिभीजनका डीआरएम रविन्द्र बर्माले आज गंगारामपुर रेलवे स्टेशनको निर्माण कार्यको जानकारी लिनको लागि उक्त स्टेशनको परिभ्रमण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *