ड्रग माफिया मोहम्मद जब्बारसहित तिनका दुईजना बहिनी पक्राउ

सिलगढी : सिलगढी नगरनिगमको 3 नम्बर वार्ड गुरुङ बस्ती इलाकामा गत 8 फरवरीमा दुई ड्रग माफियाबिच भएको झगडामा राज नाम गरेका एकजना युवक घाइते भएका छन्। यसपछि ड्रग माफिया मोहम्मद जब्बारविरुद्ध प्रधाननगर थानामा प्राथमिकी दर्ता गरिएको छ। अभियोगको आधारमा पुलिसले मोहम्मद जब्बारको खोजी शुरू गरेपछि अन्ततः हिजो अबेर राति प्रधाननगर थाना पुलिसले मोहम्मद जब्बारलाई पक्राउ गरेको बताइएको छ। यसको साथै गत 8 फरवरीमा भएको हमलाको घटनामा पुलिसले मोहम्मद जब्बारकी दुईजना बहिनीलाई पनि पक्राउ गरेको छ। पुलिसले मोहम्मद जब्बार र तिनकी बहिनीहरूविरुद्ध मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्यो। स्मरण रहोस्, मोहम्मद जब्बार सिलगढीमा ड्रग्सको कारोबारमा परिचित रहेको साथै मादक पदार्थको तस्करी गरेको आरोप जब्बार धेरैपल्ट जेल गइसकेको छ। कोर्टमा लगिरहेको समय ड्रग माफिया मोहम्मद जब्बारले आफूलाई फँसाएको बताउँदै राज र आफूबीच कुटपीट भएको तर राजको बाबु मेहन्दी हसन उर्फ मीटियाले उक्त घटनामा पुरै परिवारलाई फँसाएको हो। यसको साथै गोली चलाएको आरोप पूर्ण रूपमा निराधार रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *