ड्रग्समुक्त पार्न “हाम्रो मङपु राम्रो मङपु” संस्था गठन

मङ्पु : दार्जिलिङको रंगली रंगलीयट ब्लक अन्तर्गत पर्ने मङ्पुमा भूतपूर्व शिक्षक डीएस प्रधानको अध्यक्षतमा ड्रग्स सेवन गर्नेहरु बिरुद्ध लगाम लगाउन ड्रग्स मुक्त मङपु बनाउन साथै मङपुका युवाहरुलाई सुमार्गमा डोऱ्याउने उद्देश्य लिएर अराजनैतिक संस्था हाम्रो मङपु राम्रो मङपुनाम गरेको संस्था गठन गरियो। उक्त संस्थामा सभापति केशर मोक्तान, उपसभापति सुमेश तामाङ, सचिव नरेश शेर्पा, सहसचिव राजा गुरुङ अनि कोषाध्यक्ष डीएस प्रधानलाई चयन गरिएको छ। यस अवसरमा बिशिष्ट अतिथिहरुमा मङपु आउटपोस्ट थाना प्रभारी सुप्रकाश सरकार, एएसआई तपन गुवा तथा स्थानीय युवाहरु बिज्ञान मिश्र, मनोज सुब्बा,राजेश थापा, दिब्य बम्जन, नयन शर्मा, कुन्दन राई आदि उपस्थित थिए। आगामी दिनमा यस नवगठित गैर राजनीति संस्थामा मङपुभरिका प्रत्येक समाज अनि संस्थाबाट एक- एकजना प्रतिनिधिलाई सदस्यका रूपमा चयन गरिने भएको छ। मङपुमा बाहिरबाट आएर बस्ने अनि बाहिरबाट आएर विभिन्न काम गर्ने व्यक्तिहरुलाई पनि स्थानीय घर मालिकहरुले आफ्नो घर भाडामा राख्दा तिनीहरुको सटीक पहिचान पत्र लिएर मात्र राख्नु पर्नेबारे वक्ताहरूले सभामा सुझाउ राखे। मङ्पु आउट पोस्ट थाना प्रभारी सुप्रकाश सरकारले यस अराजनैतिक संस्था गठन भएकोमा हर्ष प्रकट गर्दै ड्रग्स सेवन बिरुद्ध पुलिसले मात्र काम गरेर सम्भव नरहेको तर पुलिस र समाज, संस्था मिलेर काम गरे यस ठाउँलाई ड्रग्स मुक्त बनाउनु सक्ने कुरामा आफु आशावादी रहेको बताउँदै पुलिस प्रशासनको तर्फबाट हरसम्भव सहयोग गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes