ड्रग्स रोकथामबारे मिरिक एसडीओ-लाई भेटे संयुक्त माध्यमिक शिक्षक कल्याण संगठनले

मिरिक: संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन मिरिक महकुमा समितिले आज मिरिक महकुमा शासक जमिल फतिमा जेबासित भेटघाट गरेर मिरिकलाई ड्रग्समुक्त बनाउन प्रशासनले गरिरहेको पहल प्रति संगठनले स्वागत जनाए। यस अवधि संगठनका प्रतिनिधिहरूले मिरिक महकुमा शासकलाई आफुहरूले पनि हरसम्भव सहयोग पुऱ्याउने वचन दिए। संगठनका सचिव पेमा लामाले मिरिकमा ड्रग्सको दलदलमा स्कुल पढ्दै गरेका तथा पास आउट बिद्यार्थीहरु नै अधिकजसो फँसिरहेकोमा चिन्ता व्यक्त गर्दै विद्यार्थीहरुलाई सृजनात्मक दिशातर्फ अग्रसर गराउनको निम्ति पहल गरिए केही हदसम्म युवाहरू कुलतबाट जोगिन सक्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *