ड्रग्समा फँसेका युवतीहरूलाई ड्रग्समुक्त गर्ने पहलमा लागिपरेको छ शुभ दृष्टि फाउन्डेसन

सिलगढी: वर्तमान समयमा ड्रग्सको कुलत निक्कै बढ़ेर गएको छ। अहिलेको समाजमा सबैभन्दा ठूलो समस्या भनेको नै ड्रग्सको कुलत हो। यस्ता ड्रग्सको कुलतमा फँसेकाहरूलाई मुक्त गर्नलाई विभिन्न संघ संस्थाहरू र प्रशासन अघि आउन जरुरी छ। यस्तै ड्रग्सको कुलतमा फँसेकाहरूलाई मुक्त गर्ने अभियानमा लागि परेको संस्था हो शुभ दृष्टि फाउन्डेसन। सिलगढीको गुरुङ बस्तीमा 1 जुलाई 2019 देखि शुरु भएको यो शुभ दृष्टि फाउन्डेसनले ड्रग्सको कुलतमा फँसेकाहरूलाई यहाँ भर्ना गरेर उपचार गरी ड्रग्समुक्त गरी जीवन जिउन र संघर्ष गर्न सिकाउँछन्। यो फाउन्डेसनको मुख्य विशेषता भनेको ड्रग्समा फँसेका युवतीहरूलाई ड्रग्सबाट मुक्त गर्ने अभियान थालेका छन्। वर्तमानमा ड्रग्सको कुलतमा युवाहरू मात्रै पर्दैनन् तर युवतीहरू पनि पर्छन् भनी यस संस्थाले ड्रग्सको कुलतमा फँसेका युवतीहरूलाई यहाँ उपचार गर्ने गरेका छन्। ड्रग्सको दलदलमा डुबेका युवाहरूलाई उपचार गर्ने रिहाब सेन्टरहरू थुप्रै छन् तर ड्रग्सको दलदलमा डुबेका युवतीहरूलाई उपचार गर्ने सेन्टर कम छन्। त्यसैले सिलगढीको यो शुभ दृष्टि फाउन्डेसनले ड्रग्सको कुलतमा डुबेका छन् युवतीहरूलाई उपचार गर्ने गरेका छन्। त्यसैले अबको अभिभावकहरूले छोराहरू मात्रै ड्रग्सको कुलतमा फस्छन् भन्ने होइन तर छोरीहरुलाई पनि ड्रग्सको कुलतमा फस्न सक्ने सम्भावनाले गर्दा याद गर्न पर्ने देखिएको छ। यसतर्फ ध्यान दिन आवश्यक देखिएको छ। त्यसैले पनि यस शुभ दृष्टि फाउन्डेसनले ड्रग्समा फँसेका युवतीहरुलाई उपचार गरी निको पारेका छन्। आफ्नो स्थापनाको तीन वर्षको अवधिमा यस संस्थाले जम्मा 92 जना ड्रग्समा फँसेका युवतीहरूलाई उपचार गरी निको बनाइ सकेका छन्। हालमा यहाँ 25-30 जना ड्रग्सको कुलतमा फँसेका युवतीहरू उपचारधीन अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। सिलगढ़ीको गुरुङ बस्तीस्थित ड्रग्सको कुलतमा फँसेका युवतीहरूलाई उपचार गर्ने शुभ दृष्टि फाउण्डेशनकी इन्चार्च अनुशा छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै हामी यहाँ ड्रग्सको कुलतमा फँसेका युवतीहरूलाई शारीरिक र मानसिक रुपमा उपचार गरी जीवनको महत्त्व बुझाएर जीवनमा संघर्ष गर्न सिकाउँछौं भनी बताएकी छन्। तिनले हामी यहाँ विभिन्न प्रकारले क्लासहरू गराएर उपचार गर्छौं भन्दै ड्रग्सबाट छुटाउनु मात्रै होइन तर जीवन कसरी जिउनु भन्ने विषयमा पनि सिकाउँछौं भनी बताएका छन्। अनुषा छेत्रीले हाम्रोमा रिकभरी रेट 70 देखि 80 प्रतिशतसम्म रहेको र यहाँ हामी ड्रग्ससित सम्बन्धित उपचार मात्रै होइन तर परिवारसित सम्बन्धित कुराहरूमा पनि सहायता गर्छौ कारण यहाँ उपचार भएपछि हामी परिवार जस्तै सम्बन्धमा रहन्छौं र हामी प्रत्येक दु:ख सुखमा साथ रहन्छौँ भनी बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *