डीटीडीपीएलयु खरसाङ महकुमा समितिको सभा

खरसाङ: गोजमुमो श्रमिक संगठन डीटीडीपीएलयु खरसाङ महकुमा समितिको सभा आज संगठनको कार्यालयमा सम्पन्न भयो। संगठनको खरसाङ महकुमा समिति अध्यक्ष प्रणाम रसाइली, महासचिव सागर गुरुङ, सहसचिव गनु छेत्री, उपाध्यक्ष किशान लेप्चा, प्रचार-प्रसार सचिव सन्तोष तामाङ अनि महानदी तीनधारे जोनल सचिव मनोज प्रधानको उपस्थितिमा सम्पन्न सभामा चिया श्रमिकहरूको यस वर्षको बोनस विषय लगायत पर्जापट्टाबारे चर्चा गरियो। आगामी शुक्रबारदेखि पर्जापट्टालाई लिएर प्रत्येक चियाबारीमा माइकिङ गर्ने निर्णय लिइयो। सर्वप्रथम बिहान 10 बजी खरसाङको मोटर स्ट्याणडमा भेला भएर खरसाङ शहर वरिपरि माइकिङ गर्दै चियाकमानमा जाने निर्णय लिइयो। संगठनको खरसाङ महकुमा समिति सभापति प्रणाम रसाईलीले पत्रकारहरूलाई यसबारे जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *