डीटीडीपीएलयु तीनधारे-महानदी समष्टि जोनल कमिटीको सांगठनिक सभा

खरसाङ: गोजमुमो दुई समर्थित श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयु) तीनधारे-महानदी समष्टि जोनल कमिटीको सांगठनिक सभा आज खरसाङको महानदीमा सम्पन्न भयो। खरसाङ महकुमा अन्तर्गत तीनधारे-महानदी समष्टि अन्तर्गत पर्ने 12 वटा युनिट कमिटीहरूलाई लिएर डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा जोनल कमिटीका सभापति गणु छेत्रीले तीनधारे-महानदी समष्टि अन्तर्गत पर्ने चियाबारीहरूको रिपोर्ट प्रस्तुत गर्दै सबै शाखाहरूले चार्टर डिमाण्ड आ-आफ्नो बगानमा पेश गर्नुपर्ने र सबै शाखाहरूसित जोनल कमिटी सदैव साथ रहने बताए। सभामा डीटीडीपीएलयु-का केन्दीय सभापति करूणा गुरुङ, केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, उप सभापति राजेन प्रधान र गोजमुमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापाले वक्तव्य राखे।


सभामा तीनधारे-महानदी समष्टि अन्तर्गत पर्ने सबै चियाबारीका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका समस्याहरू राखे। उक्त सभामा गोजमुमो खरसाङ महकुमा समितिका सदस्य टङ्क शर्मा, डीटीडीपीएलय-का केन्दीय सहवसचिव राजेश थापा, खरसाङ महकुमा समितिका सचिव भक्तिमान तामाङ लगायत जोनल कमिटी अन्तर्गत पर्ने युनिटहरूका पदाधिकारीहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै डीटीडीपीएलयु-को जोनल कमिटीका सभापति गणु छेत्रीले आज खरसाङ महकुमा अन्तर्गत तीनधारे-महानदी समष्टिको 12 वटा चियाबारीहरूलाई लिएर सभा सम्पन्न भयो। सबै शाखाहरूलाई मजबुत बनाउन र सबै शाखाहरूले आफ्नो क्षेत्रमा चार्टर डिमाण्ड बुझाउन सर सल्लाहको लागि आजको सभा राखिएको बताए। तिनले अब हामी जोनल कमिटीका पदाधिकारीहरू प्रत्येक शाखामा गएर सभाहरू गरी कार्य गर्ने र शाखाहरूलाई दह्रिलो बनाउने योजना रहेको पनि तिनले बताए। जोनल कमिटीका सभापति गणु छेत्रीले कोभिड 19-को महामारीको समय असम सरकारले चियाबारी श्रमिकहरूको लागि क्वारेनटाइनमा बस्दा पेड होलिडे भनेर दिएको र त्यहीँ नियम हामी यहाँ पनि लागु गराउन आज जोनल कमिटीमा छलफल भएको बताए। अब क्वारेनटाइनमा बस्ने श्रमिकहरूलाई पेड होलिडेमा राख्नु पर्ने माग हाम्रो छ र यसलाई पार्टीले पनि पहल गरिदिन्छ भन्ने आशा राखेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *