दुधे डम्फेटारमा गक्रायुमो-को 24औँ स्थापना दिवस पालन

मिरिक : गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा (गक्रायुमो)-को 24औँ स्थापना दिवस दुधे डम्फेटारमा संगठनको केन्द्रीय सभापति रबिन राईको सभापतित्वमा सम्पन्न गरियो। वर्तमान युवाहरूलाई लिएर कला, साहित्य-संस्कृति र राजनैतिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो। बिना सत्ता र कुनै पनि प्रलोभनमा नफँसेर यतिको वर्षसम्म संघर्ष गर्दै आउने तथा जोडिन आउने नयाँ सबै युवाहरूलाई रक्तिम अभिनन्दन जनाइयो। आत्मानिर्णयको अधिकार, गोर्खाको जातीय अस्मिता र अस्तित्वको लडाइँमा गक्रायुमो डटेर लड्ने अनि गोर्खाहरूलाई न्याय दिलाउने प्रण पनि लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *