दुधेका गोरामुमो नेत्री गोजमुमो विनयपन्थीमा सामेल

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा विनय-अनित खेमाको एउटा समर्थन सभा आज दुधे राई गाउँ बुथ नम्बर 25/228-मा धन प्रसाद तामाङको सभापतित्वमा सम्पन्न भयो। यस सभामा गोरामुमोको नारी एकाई जीएनडब्ल्युओ राई गाउँका सभानेत्री प्रमिता राईले गोजमुमो महासचिव अनित थापाको नयाँ सोच र नयाँ विचारबाट प्रभावित भएर आज गोजमुमोलाई समर्थन जनाइन्। यस अवसरमा तिनले बताएअनुसार अनित थापाको नयाँ सोच र नयाँ विचारलाई आत्मसात गरेर स्वेच्छाले गोरामुमो त्यागेर गोजमुमो विनयखेमामा सामेल भएको बताइन्। आजको यस समर्थन सभामा लङ्गभ्यु पङ्खाबारी अम्बटे समष्टि सभापति प्रणाम रसाईली, कार्यकारी अध्यक्ष सन्तोष लामा, सचिव ललित प्रधान, प्रचार प्रसार सचिव फुलचन्द कुजुर, समष्टि कोषाध्यक्ष महिन्द्र रिजाल, नन्द कुमार थामी, रोशन शर्मा,  डीके राई आदिको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *