दुधे शान्ति बस्तीमा 3 सय परिवार हिल टीएमसी-मा सामेल

मिरिक : दुधे शान्ति बस्तीमा आज एउटा कार्यक्रमबीच 3 सय घर परिवार हिल टीएमसी-मा सामेल भएका छन्। दीपक प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि पार्टी अध्यक्ष एलबी राईले मिरिकमा मात्र होइन दुधेमा पनि हिल टीएमसीलाई आम जनताले माया गरेको बताउँदै दुधेको बुनियादी विकास अनि समस्याको समाधान गर्न पार्टीले इमान्दारिताको साथ कार्य गरिदिने वचन दिएको बताए। तिनले दुधेका जनता सचेत अनि जागरुक भई अघि बढनु पर्ने आवश्यकतामाथि पनि जोर दिए। पार्टीका सक्रिय सदस्य बिराज विश्वकर्मालाई दुधे खण्डकाको को-अर्डिनेटर चयन गरियो। सुक बहादुर सिन्चुरीद्वारा सञ्चालित सभामा हिल टीएमसीका मिडिया इन्चार्ज सन्दीप प्रधान, वार्ड कमिश्नर सन्जिब तामाङ, राई विकास एवम् सांस्कृतिक बोर्डका चेयरमेन दीपराज राई, सार्की विकास एवम् सांस्कृतिक बोर्डका चेयरमेन सदीप सार्की, कालेबुङ जिल्ला युवा एकाई उपाध्यक्ष फिरोज प्रधान, सदस्य साङ्गे तामाङ, मिरिक नगरपालिका वार्ड नम्बर 9-का नगर पार्षद सन्जीव तामाङ, साङ्गे तामाङ  आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *