दुई व्यापारीमाझ विवादपछि धारिलो हतियारले प्रहार गर्दा व्यापारी घाइते

जलपाईगढी : बजारमा सब्जी बेच्ने विषयलाई लिएर दुईजना व्यापारीमाझ विवाद धारिलो हतियारले प्रहार गरेर गम्भीर घाइते बनाएको एकजना व्यापारीविरुद्ध अभियोग उठेको छ। उक्त घटना जलपाईगढीको मण्डलघाट बजारमा घटेको हो।  स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान जलपाईगढीको मण्डलघाट बजारमा सब्जी बेच्ने विषयलाई लिएर बापी ऋषि र सुबोल रायमाझ विवाद हुँदा सुबोल रायले बापी ऋषिमाथि धारिलो हतियारले प्रहार गरेर गम्भीर घाइते बनाएको बताइएको छ। स्थानीय व्यापारीहरूको सहयोगमा घाइते बापी ऋषिलाई जलपाईगढी सुपर स्पेसिलिटी अस्पतालमा भर्ना गरियो। उक्त घटनालाई लिएर बजार परिसरमा तनाउको माहौल सृजना भएको छ। घटनाको खबर पाएर जलपाईगढी कोतवाली थानाका आईसी विपुल सिन्हा र डीएसपी प्रदीप सरकारको नेतृत्वमा विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर आरोपी सुबोल रायलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *